जलपान कार्यक्रम
सुचना. सुचना. सुचना . घटस्थापना तथा बडा दशैंको पावन अवसरमा बृहत् कलश यात्रासम्बन्धी सूचना आदरणीय क्लबका सदस्यज्यूहरू, शुभचिन्तक तथा स्थानीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू, विजया दशमी तथा बडा दशैंको पहिलो दिन अर्थात् भोलि घटस्थापनाको पावन अवसरमा हाम्रो क्लबको आयोजनामा बृहत् कलश यात्रा कार्यक्रम सञ्चालन हुन गइरहेको छ। कलश यात्रा पश्चात् सहभागी सम्पूर्ण भक्तजन तथा अतिथिहरूका लागि क्लबको तर्फबाट विशेष जलपानको व्यवस्था गरिएको छ। कार्यक्रमको विवरण: मिति: २०८३-०६-२५ समय: बिहानको समय स्थान: श्रीलाला यादव जी को घरनिर विशेष आकर्षण: कलश यात्रा पश्चात विशेष जलपान कार्यक्रम सम्पूर्ण सहभागीहरूलाई सम्भव भएसम्म परम्परागत वा सांस्कृतिक पोशाकमा उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गरिन्छ। आउनुहोस्, धर्म, संस्कृति र भाइचाराको यो बन्धनलाई अझ प्रगाढ बनाऔं! तपाईंहरूको सक्रिय उपस्थितिको अपेक्षा गर्दछौं।